नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को प्रतिनिधि मन्डलले माननीय अर्थ मन्त्री बिष्णु प्रसाद पौडेलज्युलाई पौष २२ गते बुधबार, उहाँकै कार्यकक्ष सिंहदरबारमा भेट गरी अर्थ मन्त्रीमा नियुक्त हुनुभएकोमा बधाई ज्ञापन गर्दै कर विवरण बुझाउने म्याद थप गर्ने लगायतका आफ्ना विभिन्न माग तथा सुझाबहरु पेश गरेको छ ।
सो भेटमा अर्थमन्त्री पौडेलले चार्टर्ड एकाउन्टेन्टहरुले अर्थतन्त्रमा पुर्याएको योगदानको कदर गर्दै संघको माग तथा सुझाब प्रति सकारात्मक रहेको जानकारी दिनु भएको छ ।
सो कार्यक्रममा एक्यानका अध्यक्ष सिए आनन्दराज शर्मा वाग्ले, महासचिब सिए तेज प्रसाद सुबेदी, कार्यकारी सदस्य सिए शेष मणि दाहालको सहभागिता रहेको थियो । सो भेटघाटको सहजिकरण एक्यान सदस्य सिए निल सारुले गर्नु भएको थियो ।

