नेपाल चार्टर्ड एकाउन्टेन्टस संघ (एक्यान) ले आगामी बजेट तथा आर्थिक ऐनमा समाबेश गर्नुपर्ने बिषयहरुका बारेमा संसदको अर्थ समितिसंग बिहीवार छलफल …

0

नेपाल चार्टर्ड एकाउन्टेन्टस संघ (एक्यान) ले आगामी बजेट तथा आर्थिक ऐनमा समाबेश गर्नुपर्ने बिषयहरुका बारेमा संसदको अर्थ समितिसंग बिहीवार छलफल गरेको छ । सो कार्यक्रममा एक्यानका तर्फबाट संघका अध्यक्ष सिए. आनन्द शर्मा वाग्ले(Anand Sharma wagle)ले संघको लिखित धारणा समितिका सभापति श्री कृष्ण प्रसाद दाहाललाई हस्तान्तरण गर्नुभएको थियो ।

त्यस्तै, सो छलफल कार्यक्रममा संघका अध्यक्ष वाग्लेका अतिरिक्त संघका उपाध्यक्ष सिए. रमेश कुमार धिताल(Ramesh Dhital), महसचिब सिए. तेज प्रसाद सुबेदी, कार्यकारी सदस्य सिए. शेष मणि दाहालले आआफ्नो बिचार व्यक्त गर्नु भएको थियो ।

त्यस्तै सो छलफल कार्यक्रममा संघका सदस्यहरु सिए. निल सारु, सिए. उमेश राज पान्डेय, सिए. मधु पोखरेल ज्यूले पनि आआफ्नो धारणा राख्नु भएको थियो । सो कार्यक्रमको सहजीकरण सिए. प्रबेश कुमार आचार्यले गर्नु भएको थियो ।