एक्यानद्वारा सरस्वतीनगरमा राहत वितरण

0

Sunday, April 5, 2020 Kathmandu

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (ACAN) ले काठमाडौं महानगरपालिका वडा नं ६, सरस्वतीनगर मा ४० घर परिवारलाई राहत वितरण गरेको छ । विश्वभरी महामारीको रुपमा  फैलिएको कोरोना भाइरसका कारणले अति प्रभावित निम्न आय भएका, दैनिक ज्यालादारीमा गुजारा गर्ने साथै अपाङ्ग, एकल महिला, विद्यार्थीलाई, संघले उक्त वडाका वडा अध्यक्ष श्री दीपेन्द्र लामा, सचिव तथा सरस्वतीनगर  सुधार संघका अध्यक्ष श्री पेशल कुमार पहाडीको रोहबरमा उक्त राहत सामग्री वितरण गरेको छ। उक्त कार्यक्रममा राहत वितरण संघको तर्फबाट उपाध्यक्ष रमेश कुमार धिताल तथा सदस्य टिका कार्कीले गर्नु भएको थियो ।