प्राकृतिक बिपत्ति विरुद्धको अभियानलाई मद्दतका लागि अपील

0
503

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ प्राकृतिक बिपत्ति विरुद्धको अभियानलाई मद्दतका लागि अपील गर्दछ । भाइरस संक्रमण महामारिको जोखिममा पर्न सक्ने प्रभावित मानवीय क्षतिलाई न्यूनीकरण गर्न र आफ्नो सामाजिक उत्तरदायित्व पुरा गर्न संघको ३३ वौ कार्यसमितिको निर्णयले रु २,००,०००।- (अक्षरुपी दुई लाख ) बराबरको रकम कोषमा जम्मा गरि राह्त कोष स्थापना गरेको जानकारी गराउदछौ। डाक्टर, नर्स तथा अन्य चिकित्सक तथा अस्प्तालका कर्मचारीहरुले ज्यानको जोखिम लिएर बिना सुरक्षित पहिरन र उपकरणनै बिरामिहरुको उपचार गरिरहेको परिप्रेक्षमा उक्त सुरक्षाको उपकरण र लुगाहरु उपलब्ध गराउने र दैनिक ज्याला मज्दुरी गरेर खानेहरुलाई माहामारिका कारण्ले आफ्नो मज्दुरी गर्न नपाइ भोकै बस्नेहरुलाई सुरक्छित तवरमा खाना उपलब्ध गराउने उद्देश्यले उक्त कोषको उपयोग हेतु संघले कोषको स्थापना गरेको हो। हाम्रा सदस्यहरुबाट पनि उक्त कोषमा योगदान पुर्याउनुहुनेछ भन्ने बिश्वास लिएका छौ। इच्छुक सदस्यहरुले निम्न लिखित बैन्क खातामा mobile banking ,IPS वा संघको वेब साइट ( www.acan.org.np) मार्फत e-sewa कुनै पनि माध्यमबाट रकम ट्रान्स्फर गर्न सकिनेछ र acan@ntc.net.np मा फन्ड ट्रान्स्फर स्लिपको स्क्रीन- शट उल्लेख गरेर इमेल पठाईदिनुहुन हार्दिक अनुरोध गर्दछौ। फन्ड ट्रान्स्फर स्लिपको आधारमा सङ्घको वेबसाईटमा योगदान कर्ताको नामावाली ससम्मान प्रकाशित गरिनेछ ।

Bank Account: Prabhu Bank Limited
Branch: Anamnagar,Kathmandu
Account Name: The ACAN of Nepal
Account no: 00100100011960000001

For Esewa-Payment Link: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here